शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

मंगलबार र बुधबार विभिन्न प्रदेशमा बर्षा र हावाहुरीको सम्भावना

काठमाडौं । बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहाज जारी गरेको बुलेटिनमा नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको उल्लेख छ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।

आज राती कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरु तथा बागमती र कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

बुधबार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x