बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलायो

काठमाडौं । सरकारले ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । राजनीतिक कोटाबाट नियुक्ति पाएका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ३४ वटा मिसनहरुमध्ये १७ वटामा राजनीतिक कोटाबाट नियुक्त गरेको थियो । सुशील कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरुलाई फिर्ता बोलाए पनि ६ देशका राजदूतहरु फिर्ता बोलाइएका थिएनन् ।

अस्ति आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), पुर्णबहादुर नेपाली (श्रीलंका), शिवमाया तुम्बाहाम्फे(दक्षिण कोरिया), सुम्निमा तुलाधार (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका) लाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उनीहरुलाई एक महिनाभित्र फर्किन परराष्ट्र मन्त्रालयले हिजो पत्राचार गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x