सांसदमा निजी क्षेत्रको मुद्दा उठाउने सांसदहरुको प्रतिवद्धता
काठमाडौं । निजी क्षेत्रको भुमिका अपरिहार्य रहेको बताउँदै विभिन्न पार्टीका सांसदहरूले मुलुकको आर्थिक समृद्धिका लागि कानून निर्माणदेखि कार्यान्वयन सम्म व्यवसायीमैत्री वातावरण बनाउने प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले संसदमा अबको तीन हप्ताभित्र संसदीय समितिहरू गठन हुने जानकारी दिँदै ती समितिहरूमा निजी क्षेत्रका मुद्दालाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् । उनले नियमन भन्दा पनि प्रवद्र्धन गर्नेगरी नीतिहरू बनाइनुपर्नेमा जोड दिँदै कुनैपनि मुद्दा निजी क्षेत्रको पक्षमा मात्र नभई समग्र जनताको हितमा उठाइने बताएका छन् ।
त्यस्तै रास्वपाका सांसद सुशील खड्काले खुला अर्थतन्त्रमा सरकारले भन्दा निजी क्षेत्रले नै धेरै रोजगारी सिर्जना गर्ने भन्दै उनले निजी क्षेत्रको प्रवद्र्धधनका लागि संसद्मा आफूले वकालत गर्ने प्रतिबद्धता जनाएका छन् ।
संसदको तेस्रो शक्ति एवं प्रतिपक्ष दलका नेकपा (एमाले) का सांसद गुरु बरालले सरकार उद्योगी व्यवसायीप्रति जवाफदेही हुनुपर्ने र उनीहरूको मर्कालाई सहजीकरण गरिदिनुपर्ने बताएका छन् । सांसदमा प्रतिपक्षको तर्फबाट रचनात्मक भूमिका खेल्ने बताउँदै उनले व्यवसायीमाथि सरकारले कठोर कारबाही गर्न नहुने बताएका छन् ।
रास्वपा सांसद नीतिमा भण्डारीले कृषि र उद्योगलाई जोड्न आवश्यक रहेको बताउँदै उद्योग खोल्न व्यवसायीहरूलाई आग्रह गरेकी छिन् ।
उनले व्यवसायीहरूलाई आफ्ना हकहितका लागि एकजुट हुन र सामूहिक रूपमा अघि बढ्न सुझाव दिएकी छिन् ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE