सरकारले स्वास्थ्य विमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक छः ओजश्वी शेरचन
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद ओजश्वी शेरचनले सरकारले स्वास्थ्य विमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक रहेको बताएकी छिन् ।
सो कार्यक्रम बजेटको अभावमा अघि बढ्नसक्ने अवस्थामा नरहेको चर्चा भइरहेको बेला सांसद शेरचनले सो आवश्यकता औँल्याएकी हुन् । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच बलियो समन्वय हुनुपर्नेमा पनि जोड दिइन् । सांसद शेरचनले स्वास्थ्य विमा कार्यक्रम आफैँ आर्थिक दवावमा पर्दा त्यसबाट सेवाग्राहीहरु मर्कामा पर्ने भएकाले सरकारले सो समस्या समाधानमा ढिलाई गर्न नहुने पनि स्पष्ट पारिन् ।
सांसद शेरचनले सो समस्या समाधानका लागि सरकारले हेल्थ सम्बन्धि इन्स्योरेन्स गर्ने कार्यलाई पनि अघि बढाउनुपर्ने बताइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE