बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

मुलुकको विकासका लागि राज्यले प्राथमिकीकरण गर्न जरुरीः पाण्डे

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले मुलुकको विकासका लागि राज्यले प्राथमिकीकरण गर्न जरुरी रहेको बताएका छन् ।

सांसद–निजी क्षेत्रबीच राजधानीमा भएको संवाद कार्यक्रममा उनले अहिलेको प्राथमिकीकरण र मुलुक विकासित भएपछि कुन क्षेत्रलाई प्राथमिकीकरण गर्ने भन्नेबारे राज्यले योजना बनाउनुपर्ने बताए। उनकाअनुसार आजसम्म प्राथमिकीकरण नहुँदा सरकारले बनाउने योजनाहरु प्रभावकारी रुपमा लागू हुने गरेका छैनन् । अध्यक्ष पाण्डेले नेपालको उत्तरतर्फ १६० करोड र दक्षिणतर्फ १४० करोड जनसंख्या रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा अपेक्षित ग्रोथ हुन नसकेको बताए। उनले अहिलेसम्म दुईवटा पर्यटन भ्रमण वर्ष घोषणा गरिए पनि सफल हुन नसकेको बताएका छन् ।

उद्योगपति शशीकान्त अग्रवालले मुलुकमा क्षमतावान जनशक्तिको अभाव रहेको बताए। उनले दक्ष जनशक्ति उत्पादन गर्न राज्यले जोड दिनुपर्ने बताउँदै त्यस्तो जनशक्ति उद्योगका लागि जरुरी रहेको बताएका छन् । उनकाअनुसार मुलुकमा क्षमतावान जनशक्तिको चरम अभाव छ । उद्योगहरु जनशक्तिको अभावमा उत्पादन बढ्न सकिरहेको छैन । पछिल्लो समय एआइ विकास भइरहेपनि उद्योगहरुमा अझै श्रमिकले नै काम गरिरहेका छन् । एआइको विकास भएपनि क्षमतावान जनशक्ति कहिल्यै पलायन हुन नपर्ने उनको भनाइ रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x