सरकारलाई राप्रपा सांसद ओलीको ध्यानाकर्षणः कृषि मलको आवश्यक व्यवस्था मिलाइयोस्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले कृषि मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले खेतीवाली लगाउने समय आएको उल्लेख गर्दै कृषि मलको व्यवस्थामा सरकारले कस्तो रणनीति अप्नाएको छ रु भनि प्रश्न समेत गन् ि। पश्चिम एशियाको द्वन्द्वका कारण मलको मूल्य वृद्धि र आपूर्ति संकटका संकेतहरु देखा परिसकेकाले सरकारको त्यसको व्यवस्थापनमा समयमा नै ध्यान दिन आवश्यक रहेको सांसद ओलीको भनाई थियो । उनले किसानले समयमा मल नपाए त्यसको मार मुलुकको अर्थतन्त्रमा समेत पर्ने भएकाले सरकारले त्यसको बारेमा आवश्यक निर्णय लिन ढिलाई गर्न नहुने बताइन् ।
सांसद ओलीले कृषि मलको सहज आपूर्तिका लागि सरकारले गरिरहेको तयारीबारे पनि जानकारी दिन आवश्यक रहेको बताइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE