बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित

काठमाडौं।राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएका छन्। मंगलवार बसेको समितिको बैठकले नेपाली कम्युनिष्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो ।

बैठक समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको थियो । ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एकमात्रै प्रश्ताव पेश भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

उनले भने , ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एकमात्रै प्रश्ताव प्राप्त भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १ सय ५० को उपनियम ४ बमोजिम माननीय सदस्य जयन्तीदेवी राई यस संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’

बैठकमा समितिमा चयन भएर आएका नयाँ सांसदहरुलाई स्वागत समेत गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x