३० आश्विन २०८३, शुक्रबार

ओली–लेखकले जेन–जी आन्दोलनमा गल्ती गरिएछ भनेर स्वीकार गर्न सक्नुपर्छः महावीर पुन

0
Shares


काठमाडौं। प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन्।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो टिप्पणी गरे । सांसद पुनले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले सो घटनामा गोली हान्ने आदेश नदिएको भएपनि सरकारको प्रमुख व्यक्ति भएको नाताले गल्ती गरिएछ भन्ने स्वीकार गरेर माफी माग्न हिच्किच्याउन नहुने बताए । मातहतका कर्मचारीले गरेको गल्ती प्रमुख व्यक्तिले स्वीकार गर्नुपर्ने उनको तर्क थियो ।

उनले भने ,‘आज उनीहरुले गोली चलाउने आदेश दिएनन् रे । तर प्रमुख त उनीहरु थिए नि त । अनि थाहा पाईएन भनेर सुख पाइन्छ रु आफू प्रमुख हुँदा आफू मातहतका कसैले गल्ती ग¥यो, विरायो भने विराएछ भनेर भन्न त सक्नु प¥यो नि त । ल म क्षमा माग्छु पनि भन्नुप¥यो । क्षमा मागेर को मान्छे घटछ रु घट्दैन नि । विराएको कुरा, गल्तीभएको कुरालाई आफू जिम्मेवार व्यक्ति भएपछि गल्ती स्वीकार नगर्ने हो भने किन मुख्य व्यक्ति हुने रु त्यो मेरो आफ्नो मनको कुरा हो ।’
फरक प्रसंगमा सांसद पुनले संसदमा सांसदहरुले राखेका माग सरकारले सम्बोधन गरेर अघि बढनुको विकल्प नरहेको समेत बताएका छन्।