बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

धुलो उडेपछि राजविराज-भारदह सडक स्थानीयले गराए अवरुद्ध

काठमाडौं । सप्तरीको राजविराज भारदह सडक खण्डअन्तर्गत तोपा बजारमा स्थानीयहरूले बुधबार सडक अवरुद्ध गरिएको छ । निर्माणाधीन क्षेत्रमा अत्यधिक धुलो उडेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।

चैत महिनाको सुख्खा मौसमसँगै चलेको तीव्र हावाहुरीका कारण सडक क्षेत्रमा अत्यधिक धुलो उड्दा ठूलो सास्ती भोग्नु परेको स्थानीयको भनाई छ ।

निर्माण कार्य भइरहेका बेला सडकमा नियमित रूपमा पानी नछर्किदा धुलोको समस्या झन् बढेको स्थानीयहरुले बताएका छन् । दिनहुँ सयौं भन्दा बढी माइक्रोबस तथा अन्य सवारीसाधन सञ्चालन हुने यस व्यस्त सडकमा धुलोका कारण यात्रु, चालक र पैदलयात्री सबैले सास्ती खेप्नु परेको उनीहरुले गुनासो गरेका छन् ।

धुलोले वातावरण प्रदूषण बढाउनुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर पारेको स्थानीयको भनाइ छ । यही समस्यालाई लिएर आक्रोशित स्थानीयवासीहरूले सडक अवरुद्ध गर्दै निर्माण कम्पनीले तत्कालै धुलो नियन्त्रणका लागि नियमित रूपमा पानी छर्कने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

जिम्मेवार निकाय सडक डिभिजन लहानले समयमै ध्यान नदिँदा समस्या झन् जटिल बन्दै गएको उनीहरूले गुनासो गरे ।

सप्तरीमा निर्माणाधीन सडक लामो समय अलपत्र छोड्दा सर्वसाधारणहरुले समस्या खेप्नुपरेको छ ।

सडक डिभिजन कार्यालय लहानले २३ असार ०७९ मा साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिसँग २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो । तर, सडक अहिलेसम्म बन्न सकेका छैन ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x