बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

ईन्धन आयातमा लगाईने अप्रत्यक्ष करलाई स्थायी रुपमा घटाइयोस्ः काँग्रेस सांसद थापा

काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले ईन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपमले नै घटाउन आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले यस्तो आग्रह गरेका ह। सरकारले गरेको ईन्धन आयातमा कर तथा अप्रत्यक्ष शुल्क घटाउने निर्णयलाई स्वागत गर्दै उनले यसलाई दीर्घकालिन रुपमा नै लैजान वा कर पुनरावलोकन गर्न सुझाव दिए। उनले ईन्धनको मुल्य सुपथ बनाउँदा समग्रअर्थतन्त्र नै चलायमान हुने उल्लेख गरे । उनले हाल मध्येपुर्वमा भईरहेको युद्धका कारण ईन्धन आपुर्तीमा समस्या देखिएको बताउँदै भारत सरकारसंग सहकार्य गरेर निरन्तर आपुर्तीको सुनिश्चितता गर्न सरकारसंग आग्रह गरे।

उनले नेपाली नेपाली राजनितिमा एकता, सहमति र सहकार्यको आवश्यक्ता देखिएको बताउँदै सरकारलाई राजनिनितिक दलहरुसंग सम्बाद गर्न सुझाव दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x