शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

प्रधानमन्त्री साहद्वारा विदेशी राजदुतहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले विदेशी राजदुतहरुसँग छलफल गरेका छन् ।

साह नेतृत्वको सरकार गठन भएपछि विभिन्न देशका राजदुतहरुसँग सामुहिक छलफल गरेका हुन् । मध्याह्न सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनालसहित राजदुतहरुसँग प्रधानमन्त्री साहले छलफल गरे । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा सहभागी राजदूतहरुले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका थिए ।

प्रधानमन्त्री साहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x