शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

नेकपाकी सांसद राई भन्छिन्, ‘सरकारको बारेमा बोल्न पटक्कै मन छैन तर चुपचाप बस्न पनि सकिएन’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै जान लागेको आरोप लगाएकी छिन् ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले सरकारले निजी सञ्चारमाध्यामहरुमाथी सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको बताइन् । सरकारले छोटो समयमा नै धेरै विवादित निर्णयहरु गर्दै गएको उनको भनाई छ । उनले निजी सञ्चारमाध्यामहरुलाई विज्ञापनमा रोक लगाउने, विद्यार्थी संगठन खारेज गर्ने लगायतका अलोकतान्त्रिक निर्णय गरेकोले फिर्ता लिन माग गरिन् । उनले ठुलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन नभएपनि एकपछि अर्को विवादीत काम गरेपनि नबोली बस्न नसकेको उल्लेख गरेकी छिन् ।

उनले पछिल्लो समय महिला तथा किशोरीमाथी पनि साईवर हमला हुने गरेको बताइन् । महिलामाथी हुने साईबर हिंसालाई रोक्न कडा कदम चाल्न उनले सरकारसंग माग पनि गरेकी छिन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x