सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास नगरोस्ः महेन्द्रबहादुर शाही
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद महेन्द्रबहादुर शाहीले सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास गर्न नहुने बताएका छन्।
बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासमा ठोस कदम चाल्न पनि सरकारलाई सुझाव दिए ।सांसद शाहीले सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए । उनले भू राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर परराष्ट्र नीतिलाई अघि बढाउन पनि सरकारले ठोस कदम चाल्न आवश्यक रहेको बताए ।
सांसद शाहीले भन्ने ,‘वैदेशिक अनुदान र ऋणको भरमा मात्रै देश चल्नु हुँदैन । आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ । सरकारले यसतर्फ ठोस कदम चालोस् । नेपालको भूराजनीतिक संवेदनशीलतालाई सचेत रहँदै पञ्चशीलताको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिको आधारमा मात्र परराष्ट्र सम्बन्ध सरकारले गरोस् । म आग्रह गर्न चाहन्छु । र सबै भ्रष्टाचारको काण्डहरुको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गरियोस् ।’
सांसद शाहीले सरकारले विना भेदभाव मुलुकमा सुशासन कायम गर्ने अभियानलाई तिब्रता दिनुपर्ने बताएका छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE