शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

राखेपद्वारा एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन अस्वीकार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फा निलम्बन फुकुवा गर्ने र तत्काल चुनाव गर्ने सम्बन्धमा विश्व फुटबल महासंघ ९फिफा० र एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशन अस्वीकार गरेको छ ।

फिफा र एएफसीले गएको आईतबार राखेपलाई एन्फालाई गरिएको निलम्बनमा तेस्रो पक्षीय हस्तक्षेप भएको ठहर गर्दै सरकारलाई सात दिनभित्र निलम्बन फुकुवा गराई चुनाव गराउन निर्देशन दिएको थियो ।

हिजो राखेपले यही निर्देशन अस्वीकार गर्दै फिफा र एएफसीलाई पत्राचार गरेको हो । राखेपले निलम्बन फुकुवा गर्नको लागि चाँडै एन्फा, फिफा, एएफसी र राखेपबीच संयुक्त वैठक हुनुपर्ने शर्त राखेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x