निजी क्षेत्र राज्यको मेरुदण्ड हो, यसलाई हेर्ने दृष्टिकोणमा स्पष्टता चाहिन्छः सांसद महर
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले निजी क्षेत्र राज्यको मेरुदण्ड भएकाले राज्यले यसलाई हेर्ने दृष्टिकोण र भिजनमा स्पष्टता ल्याउनुपर्नेमा जोड दिएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद महरले नीति भन्दा पहिले राज्यको बुझाइ र दृष्टिकोण प्रधान हुने बताएका हुन् । उनले राज्यको व्यवहार कहिले निजी क्षेत्रलाई अँगालो हाल्ने र उनको तर्क थियो । सांसद महरले कर प्रणालीका बारेमा चर्चा गर्दै करको दर बढाउनु भन्दा दायरा बढाउनु पर्ने निजी क्षेत्रको मागमा आफू सहमत रहेको बताए। व्यवसायलाई प्रतिष्ठित बनाउन निजी क्षेत्र आफैँ पनि जिम्मेवार हुनुपर्ने महरको भनाइ छ । देशको डरलाग्दो व्यापार घाटा कम गर्न आयातमुखी भन्दा निर्यातमुखी व्यवसायमा केन्द्रित हुन उनले आग्रह गरे। विशेष गरी कृषि र पर्यटनमा ठूला लगानीकर्ताहरू आकर्षित हुनुपर्ने उनको सुझाव छ ।
आफ्नो गृह जिल्ला बझाङको उदाहरण दिँदै उनले त्यहाँ ओखर र टिम्मुर खेतीको प्रचुर सम्भावना रहेको बताए । खप्तड र मानसरोवर जाने ताक्लाकोट नाकाको विकास गरी पर्यटनबाट ठूलो लाभ लिन सकिने योजना पनि सुनाए। निजी क्षेत्रलाई अर्थतन्त्रको बलियो आधार बनाउन आफू र आफ्नो पार्टी दृढतापूर्वक उभिने प्रतिवद्धता जनाएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE