बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

उपसभामुख उम्मेद्वार रुवी भन्छिन्, ‘मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु’

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको बताएकी छिन् ।

उम्मेद्वारी दर्तापछि बिहीवार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले यस्तो बताउएकी हुन् । उनले आफूलाई ठूलो जिम्मेवारी दिएपनि पूरा गर्नसक्ने बताएकी छिन् । उनले देशको लागि आफूले सकेको सबै गर्ने बइन् । उनले भुँईको मान्छेलाई पार्टीले यतिछिट्टै ठूलो तहमा पु¥याएको पनि उल्लेख गरिन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई समर्थन गरेर सरप्राईज दिएको दिएको उनको भनाई छ । उनले मधेशको छोरीलाई अगाडी बढाउन उनीरुले सहयोग गरेको हुनसक्ने बताइटन् ।

ठाकुरले रास्वपाको समर्थनमा बिहीवार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x