‘रास्वपा सभापतिले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेद्वारी दिएका हौँ’: राप्रपा संसदीय दलका नेता शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामीछानले सहयोग गर्ने वचन दिएपछि मात्रै आफूहरुले उपसभामुखमा उम्मेद्वारी दिएको बताएका छन् ।
बिहीवार उपसभामुखको उम्मेद्वारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा उनले रास्वपा सभापति लामीछाने आफैँले फोन गरेर पार्टीको समर्थन रहेने वचन दिएको बताएका हुन् । लामिछानेको फोनपछि आफूहरुले उपसभामुखमा सरस्वती लामालाई उम्मेद्वार बनाएको उनको भनाई छ । रास्वपाले भने श्रम संस्कृति पार्टी (श्रसपा) की सांसद रुवीकुमारी ठाकुरलाई समर्थन गरेको छ । रास्वपाले राप्रपालाई समर्थन नगरेपछि राप्रपा नेता शाहीले राजनीतिमा कहिले कहीँ तलमाथी हुने बताए ।
एका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE