बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

लमजुङ कृषि क्याम्पसका चौथो र छैठौं सेमेस्टरका विद्यार्थीद्वारा पुनः नियमित परीक्षा गर्न माग

काठमाडौं । आन्दोलनरत लमजुङ कृषि क्याम्पसका चौथो र छैठौं सेमेस्टरका विद्यार्थीहरुले पुनः नियमित परीक्षाको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले निर्वाचनका कारण प्रभावित भएकाले सो परीक्षा पुनः सञ्चालन गर्न डीन कार्यालयलाई आग्रह गरेका हुन् ।

क्याम्पस प्रशासनले आफूहरुको मागको सुनुवाई नगरेपछि पुनः डिन कार्यान्वयनमा न्यायका लागि आउनुपरेको सो क्याम्पसका स्ववियू कार्यबाहक सभापति आशिष पौडेलले जानकारी दिए । उनले जेन–जी आन्दोलनलगायतका कारण कोर्श पूरा नभई लिइएको परीक्षा मान्य नहुने तर्क गर्दै पुनः परीक्षा लिने व्यवस्था गर्न सरकार र संवद्ध पक्षको ध्यानाकर्षण गराए ।

सो सेमेस्टरमा २ सय जना विद्यार्थी रहेका छन् । आफ्नो भविष्यमाथि नै खेलवाड गर्ने काम क्याम्पस प्रशासनले गरेको विद्यार्थीको आरोप छ ।

उनले भने,‘समयमा कोर्स पूरा नभएको वास्तविकतालाई स्वीकार गरियोस् । नियमसम्मत ढंगले पुनः नियमित परिक्षाको कार्यतालिका प्रकाशित गरियोस् । विद्यार्थीहरुलाई थप अन्यौलमा नराखियोस् । २ सय भन्दा बढी विद्यार्थीहरुको भविष्यमाथि खेलवाड नगरियोस् । विद्यार्थीको भावना अनुसार पुनः नियमित परीक्षाको कार्यतालिका तत्काल प्रकाशित गरियोस् ।’

यता डीन कार्यालयले भने मौका परीक्षाको मात्रै व्यवस्था गर्न सकिने अडान राख्दै आएको छ । चुनाव अघि फागुन ९ र १० गते तोकिएको परीक्षा पुनः हुनुपर्ने विद्यार्थीको माग छ । कार्यबाहक सभापति पौडेलले कोर्स पूरा नभई लिइएका कुनैपनि परीक्षा मान्य नहुने भएकाले पुनः नियमित परीक्षा हुनुपर्ने अन्यथा आफूहरु कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x