३० आश्विन २०८३, शुक्रबार

काँग्रेसले पार्टी सांसदहरुलाई भन्यो– उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई मत हाल्नू

0
Shares


काठमाडौं। नेपाली काँग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको सांसद अुर्जननरसिंह केसीले जानकारी दिएका छन्। उनले उपसभामुख पदमा श्रम संस्कृति पार्टी सांसद ठाकुरलाई मत हाल्न सांसदहरुलाई भनिएको समेत बताए ।

उनले भने ,‘उपसभामुखको निर्वाचनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्नको लागि अनौपचारिक रुपले बसेका हौँ । यो हाम्रो पूर्ववत् निर्णय भएको भएपनि त्यसको सूचना सबै माननीयज्यूलाई गर्नको लागि बसेको बैठक मात्रै हो ।’

सत्तारुढ दल रास्वपाले समेत ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । उक्त पदमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी छ ।