उपसभामुखको निर्वाचन हुँदै
काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा उपसभामुख पदका लागि निर्वाचनको तयारी भएको छ ।उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी २५ वर्षीया ठाकुरले विहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।
प्रतिनिधि सभामा रास्वपा झण्डै दुई तिहाइ बहुमतमा रहेको रास्वपाको साथ पाउँदा ठाकुर उपसभामुख निर्वाचित हुने पक्का छ ।नेपाली कांग्रेसले पनि ठाकुरकै पक्षमा मतदान गर्ने जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE