बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

मूल्य वृद्धिले संकटमा निर्माण क्षेत्र, ‘आपतकाल’ घोषणा गर्न व्यवसायीको माग

काठमाडौं । निर्माण व्यवसायी संघ कैलालीले इन्धनजन्य सामग्री तथा निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ ।

संघले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनजन्य सामग्रीमा पटक–पटक भइरहेको अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको हो ।

संघका अध्यक्ष टेकबहादुर मल्लले इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण कार्यमा प्रयोग हुने सामग्रीमा समेत निरन्तर मूल्यवृद्धि भइरहेको र बजारमा अभाव देखिन थालेकाले निर्माण उद्योग बन्द हुने स्थितिमा पुगेको बताए ।

पत्रकार सम्मेलनमा संघले क्रसर उद्योगमा देखिएको समस्याले पनि निर्माण क्षेत्र थप प्रभावित भएको जनाएको छ। निर्माण उद्योगको यस्तो विषम अवस्थाबारे नेपाल निर्माण व्यवसायी महासंघले पटक(पटक सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि हालसम्म समस्या समाधान हुने गरी कुनै ठोस निर्णय नभएको संघको भनाइ छ ।

निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष ९सुदूरपश्चिम भूगोल० प्रकाश सेठीले निर्माण कार्यको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकांकका आधारमा हुने व्यवस्था रहेकाले बजारमा निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्दा पनि सूचकांकमा घटेको देखिने प्रवृत्तिले व्यवसायीहरू थप मारमा परेको बताए ।

उनले निर्माण व्यवसायीले भोग्नुपरेका समस्या हल गर्न सरकार अग्रसर हुनुपर्ने बताए ।

संघले निर्माण कार्य तीव्र हुने यही समयमा इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धि र अभावले व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको उल्लेख गर्दै निर्माण उद्योगमा तत्काल ‘आपतकाल’ घोषणा गरी राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ ।

यस्तै, प्रत्येक आयोजनामा वास्तविक मूल्यवृद्धिअनुसार हालको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने भएकाले मूल्य समायोजन मार्गदर्शिका–२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्कामा मूल्य समायोजनको व्यवस्था लागू गर्न पनि संघले सरकारसमक्ष अपिल गरेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x