इरान र अमेरिकाबीचको शान्ति वार्ता निष्कर्षविहीन
काठमाडौं । अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ ।
लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो ।
वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताइएको छन् ।
भान्सले अमेरिकाले इरानसमक्ष आफ्नो ’अन्तिम र उत्कृष्ट’ प्रस्ताव राखेको र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने जिम्मा इरानकै हातमा रहेको उल्लेख गरे ।
अमेरिकी टोलीमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए ।
उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा रोक्नु नै ट्रम्प प्रशासनको मुख्य लक्ष्य रहेको दोहो¥याए । इरानको आणविक क्षमता ध्वस्त पारिएको दाबी गर्दै उनले भविष्यमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता नजनाएसम्म सम्झौता हुन नसक्ने प्रस्ट पारे ।
वार्ता विफल भए पनि पाकिस्तानको मध्यस्थकर्ता भूमिकाको भने अमेरिकाले उच्च प्रशंसा गरेको छ । भान्सले पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शल मुनिरलाई धन्यवाद दिँदै वार्तामा कुनै कमी भए त्यो पाकिस्तानको कारणले नभएको स्पष्ट पारे ।
यता, इरानको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै अमेरिकाले अत्यधिक र गैरकानुनी मागहरू राखेको आरोप लगाएको छ । इरानले आफू खुला दिमागका साथ वार्तामा आएको भए पनि अमेरिकाले इरानको वैध अधिकार र स्वार्थलाई सम्मान गर्नुपर्ने अडान राखेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE