बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज (चैत २९) विभागीय टिम नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ ।

खेलमा सुदूरपश्चिम पहिलो स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक दुरी घटाउने लक्ष्यमा हुनेछ । तीन अंकले पछाडि परेको सुदूरपश्चिमसँग पुलिसविरुद्ध जित निकाल्दै आर्मीसँग अंक दुरी घटाउने अवसर छ । तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले आठ खेलबाट १० अंक जोडेको छ । सुदूरपश्चिमले आठ खेल खेल्दा पाँच जित र तीन हार व्यहोरेको छ ।

पुलिस भने सुदूरपश्चिमलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । एक अंकले पछाडि परेको पुलिस नौ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । पुलिसले सात खेल खेल्दा चार जित र दुई हार व्यहोरेको छ । पुलिसको एक खेल भने रद्द भएको थियो । यी दुईबीचको जनकपुरको रामजानकी बहुदेश्यीय रंगशालामा नेपाली समयअनुसार बिहान ९:३० बजे हुनेछ ।

आजै हुने दोस्रो खेलमा गण्डकी र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्दै छन् । खेलमा गण्डकी प्रदेश तेस्रो जितको खोजीमा हुनेछ । तालिकाको आठौँ स्थानमा रहेको गण्डकीले पाँच अंक जोडेको छ । गण्डकीले आठ खेल खेल्दा दुई जित र चार हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो ।

लुम्बिनी भने चौथो जितको खोजीमा हुनेछ । तालिकाको सातौँ स्थानमा रहेको लुम्बिनीले सात अंक जोडेको छ । लुम्बिनीले ६ खेल खेल्दा तीन जित र दुई हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो ।

यी दुईबीचको खेल वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा बिहान ९:३० बजे हुनेछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x