गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी, धनकुटामा १९ रोपनी १५ आना जग्गा
काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ ।
आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ ।
उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ ।
यस्तै गृहमन्त्री गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ ।
उक्त विवरणका अनुसार, गृहमन्त्री गुरुङको ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँको शेयर बजारमा लगानी देखिएको हो ।
जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ । उक्त शेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान लगायत अन्य कम्पनीमा पनि साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यस्तै गृहमन्त्री गुरुङसँग धनकुटा, चितवन, गोरखा लगाएतमा जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE