बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

दक्षिणकालीको केराबारीमा कार दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दक्षिणकाली नगरपालिका -८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो ।

कारका चालक काठमाडौं महानगरपालिका -७ का ३४ वर्षीय सुरज खड्काको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x