शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

पोखरामा २१ औँ फेवा नववर्ष महोत्सव शुरु

काठमाडौं । पोखराको लेकसाइडमा २१औँ संस्करणको फेवा नववर्ष महोत्सव शुरु भएको छ ।

पर्यटन, संस्कृति र खानालाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ हिजोदेखि महोत्सव शुरु भएको हो । महोत्सव भोलिसम्म चल्ने आयोजक होटेल सङ्घ पोखराले जनाएको छ । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो ।

आज खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पञ्चैबाजा समूहले भाग लिएको बताइएको छ। लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पञ्चै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने जनाएको छ ।

पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने सङ्घले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x