शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

अमेरिका र इरानबीच शान्ति वार्ताको आशामा तेलको मूल्य घट्यो

काठमाडौं।अमेरिका र इरानबीच शान्ति वार्ताको आशाले कच्चा तेलको मूल्य घटेको छ । दुई देशबीच शान्ति वार्ताको आशाले ऊर्जा आपूर्तिमा थप अवरोधहरूको चिन्ता हटेपछि आज तेलको मूल्य झन्डै १ प्रतिशतले घटेर प्रतिब्यारेल ९८ दशमलव ४० अमेरिकी डलरमा झरेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूहरूसँग सम्झौता गर्न चाहेको दाबी गरे । तर इरानलाई आणविक हतियार राख्न अनुमति दिने कुनै पनि सम्झौतालाई आफूले अनुमोदन नगर्ने उनको भनाइ छ ।

यसअघि पाकिस्तानको इस्लामाबादमा दुई पक्षबीचको वार्ता असफल भएपछि ट्रम्पले इरानको बन्दरगाह नाकाबन्दी गर्ने आदेश दिएपछि तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो ।इस्लामाबादमा तनावपूर्ण वार्तापछि अमेरिका र इरानले वार्ताको ढोका खुला राखेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले पनि दुई देशबीच द्वन्द्व समाधान गर्न प्रयास भइरहेको बताएका छन्। गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग भएर आउजाउ गर्ने जहाजहरूमाथि नियन्त्रण राखेको छ । यस्तै अमेरिकाले हिजोदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेको छ ।हर्मुज जलमार्गमा अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा ऊर्जा सङ्कट बढ्दै गएको छ भने विश्व अर्थतन्त्र प्रभावित हुने सङ्केत देखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x