बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

‘नेपाल वेलनेस इयर २०२७’ मनाउने तयारी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आरोग्य र वेलनेस क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा काठमाडौंमा बुधवार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जोशीले कम्तीमा १५ लाख नेपालीलाई जहाँ भएपनि कम्तीमा १५ मिनेट आरोग्यका कुनै न कुनै गतिविधिमा सहभागी हुन आह्वान गरे । उनले यस अभियानलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी व्यापक बनाउन समेत आग्रह गरे। पर्यटन बोर्डले ‘नेपाल वेलनेस इयर २०२७’ का लागि विशेष क्यालेन्डर निर्माण गरिरहेको जानकारी पनि जोशीले दिए। उनले आरोग्य, वेलनेस, स्पा र मेडिटेसन सम्बन्धी काम गरिरहेका व्यक्तित्व तथा संस्थाहरूलाई आफ्ना महत्वपूर्ण कार्यक्रमहरू सो क्यालेण्डरमा समावेश गर्न आग्रह गरेका छन् ।

बोर्डले यस क्षेत्रमा सहकार्य र समन्वयका लागि आफूहरू सधैँ तयार रहेको स्पष्ट पारेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x