बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

टर्कीको विद्यालयमा गोलीकाण्ड, ९ जनाको मृत्यु

काठमाडौं । टर्कीको मध्य क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयमा बुधबार एक जना विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।

काहरामनमारसका गभर्नर मुकेरेम अनलुरका अनुसार घाइतेमध्ये चार जनाको शल्यक्रिया भइरहेको छ । मृतकमध्ये एक जना शिक्षक हुन् ।

घटनापछि आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको गभर्नर मुकेरेम अनलुरले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । विद्यालयमा भएको यो लगातार दोस्रो दिनको गोलीकाण्ड हो ।

मंगलबार पनि एक पूर्व विद्यार्थीले आफ्नै पुरानो विद्यालयमा गोली चलाउँदा १६ जना घाइते भएका थिए । आक्रमणकारीले पछि आत्महत्या गरेका थिए । यसअघि टर्कीमा यस्ता प्रकारका विद्यालय गोलीकाण्ड अत्यन्तै दुर्लभ मानिन्थ्यो ।

यस घटनापछि टर्कीको न्याय मन्त्रालयले अनुसन्धानको निष्पक्षताका लागि समाचार प्रसारणमा अस्थायी प्रतिबन्ध लगाएको छ । साथै, न्याय मन्त्री अकिन गुर्लेकका अनुसार घटनाको अनुसन्धानका लागि सात जना अधिकारी खटाइएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x