बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्छः रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई मर्यादित र सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् ।संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसदको प्रमुख जिम्मेवारी आवश्यक कानून निर्माण र परिमार्जन गर्नु रहेको बताएका हुन् ।

उनले विवेकपूर्ण ढङ्गले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरे ।सभामुखको भुमिका पनि सकारात्मक रहने उनको अपेक्षा छ ।उनले यस र्ष समाजमा व्याप्त विसङ्गति र बेथितिहरूलाई अन्त्य गर्ने अवसर भएको बताए ।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पती अस्वाभाविक भएको भन्ने चर्चाका सन्दर्भमा लामिछानेले सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरू छानबिनको दायरामा रहेको स्पष्ट पारे । छानबिन आयोग बनिसकेको र त्यसको कार्यक्षेत्र (टिओआर) भित्र प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म सबै पर्ने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x