शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

बिस्केट जात्राको इतिहासमै पहिलो पटक महिलाले ताने नकिजु अजिमाको रथ

काठमाडौं । बिस्केट जात्राको सातौँ दिन हिजो भक्तपुरमा इतिहासमै पहिलो पटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली) को दुई तले रथ तानेका छन् ।

आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँच तले मन्दिरबाट नकिजु अजिमा (भद्रकाली)को रथ तानेर इतिहास कायम गरेका हुन् ।

यसअघि हरेक वर्ष पुरुषहरूले तान्दै आएको नकिजु अजिमाको रथ यस वर्ष भने जात्रा व्यवस्थापन समितिले नै आह्वान गरी पहिलो पटक महिलाहरूले मात्रै रथ तानेका हुन् ।

वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि त्यहीबाट भैरव र भद्रकालीको रथलाई तानेर ल्याई गःहिटीमा जुधाउने प्रचलन रहेको छ । नकिजु अजिमाको रथ तान्नलाई हजारौँ महिलाको भीड थियो ।

जात्राका आठौँ दिन आज सुगन जात्रा मनाउने प्रचलन छ । जात्राको नवौँ दिन अर्थात् अन्तिम दिन भोलि भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने प्रचलन छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x