साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन
काठमाडौं । लेखक तथा साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको छ ।
शनिवार राजधानी काठमाडौंमा एक समारोहकाबीच लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै लेखक अधिकारीले सङ्ग्रहमा समेटिएका लघुकथाहरू सत्य घटनामा आधारित रहेको र ती कथामार्फत मानवीय समवेदना तथा समकालीन समाजको यथार्थ चित्रण गर्ने प्रयास गरिएको बताएका छन् । उनले पछिल्लो समय मानिसहरू परिवार र आफन्तभन्दा टाढिँदै आर्थिक पक्षतर्फ केन्द्रित भइरहेका सन्दर्भलाई कथामार्फत प्रश्तुत गरिएको पनि बताए। विशेषगरी आमाको भुमिका, माया र आवश्यकतालाई कथामार्फत प्रश्तुत गरिएको उनको भनाइ छ ।
आमाको आँखा’लघुकथा सङ्ग्रहमा ४२ वटा कथा समावेश छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE