सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

रास्वपा सचिवालय बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले सांगठनिक र संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले आज दिउसो पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे ठोस छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषयलाई मुख्य एजेन्डा बनाइएको जनाइएको छ ।

यस्तै, बैठकमा केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको विस्तार र पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने तयारी छ । बैंक खाता सञ्चालन सम्बन्धी नयाँ व्यवस्था र विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।सचिवालय बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी समेत बाँडफाँट गर्ने बताइएको छ । यसबाहेक आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी व्यवस्थापनका विषयमा बैठकले निर्णय लिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x