सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026

जगद्गुरु रामभद्राचार्यले प्रधानमन्त्री साहलाई भनेः भारतप्रतिको दृष्टिकोण शुद्ध होस्

काठमाडौं । प्रसिद्ध कथावाचक एवं भारतको तुलसी पीठका जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्णरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका छन् ।

जनकपुरधाममा जानकी नवमीको अवसरमा भ्रमणका लागि आउनुभएका उनले नेपाल आउँदा आफूलाई आफ्नै घर आएको जस्तो हुने भन्दै नेपाल कुनै पनि देशको भर पर्नु नहुने बताए । प्रधानमन्त्री बालेन्द्र साहको आलोचना गर्दै साहको रवैया राम्रो नभएको जिकिर गरे ।

प्रधानमन्त्री साहसँग राजनीति र गाम्भीर्यको अनुभव कम रहेको उनको भनाइ छ । प्रधानमन्त्री शाहको भारतप्रतिको दृष्टिकोण शुद्ध हुनुपर्ने र भारतविरोधी हुनु नहुने उनको भनाइ छ । साहमा हिन्दुत्वप्रति आकर्षण र प्रेम हुनु आवश्यक रहेको बताए ।

पीठाधीश्वर रामभद्राचार्यले नेपालमा राजसंस्थाको आवश्यकता रहेको बताउनु भयो । नेपालमा अत्याधिक धर्मान्तरण भइरहेकोमा पनि उहाँले चिन्ता व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x