आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026

पार्टी एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्छ ः देउवा पक्ष

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आगामी रणनीति तय गर्न भन्दै बसेको देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा विगतका कांग्रेसले भोग्दै आएको उतारचढाव र अहिलेको अवस्थाबारे छलफल भएको सहभागी नेताहरुले बताएका छन् । त्यस्तै पार्टीमा एकता कायम राख्न सबै नेता कार्यकर्ताको आत्मबल बढ्नुपर्नेबारे छलफल भएको समेत जनाइएको छ । सानेपा पार्टी कार्यालयमा छलफलको वातावरण वर्तमान नेतृत्वले बनाउनुपर्ने देउवा पक्षको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x