सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026

बढ्यो गृहमन्त्री सुधन गुरुङको दौडधुप, सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । गुरुङ सम्पत्तिशुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनी प्रश्नको घेरामा छन् । यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् ।

उनी लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेको स्रोतले पुष्टि गरेको छ । गोरखा–१ बाट निर्वाचित सांसद रहेका उनी चैत १३ गते गृहमन्त्री बनेका थिए ।

गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र उच्च नेताबिच छलफल भएपछि उनको दौडधुप बढेको छ । उनलाई कारबाही गर्नेरनगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताइएको छ । कारबाहीको सम्बन्धमा पार्टी अनुशासन आयोग पनि आन्तरिक गृहकार्य थालेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x