सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026

प्रधानमन्त्री वालेनले गरे विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गरेका छन् । सोमवार सिंहदरबारमा उपकुलपतिहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको थियो ।

समस्या र समाधानका उपायहरूबारे विमर्श भएको छ । यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल भएको बताइएको छ । बैठकमा त्रिभूवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति सहभागी भएका थिए ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पनि उपस्थित भएका थिए । नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति पनि छलफलमा सहभागी थिए । साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री साहले संवाद गरेका छन् ।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि छलफल गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री साहले छलफल गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x