सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026

रास्वपाको महामन्त्री बने भूपदेव शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा भूपदेव शाह चयन भएका छन् । रास्वपा केन्द्रीय समितिको सोमबारको बैठकले शाहलाई महामन्त्रीमा चयन गरेको हो । रास्वपा प्रवक्ता मनिष झाकाअनुसार पार्टी सभापति रवि लामिछानेले शाहलाई महामन्त्रीको जिम्मेवारी दिने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखेका थिए ।

झाले भने, महामन्त्रीमा भुपदेव शाह, सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सभापतिबाट प्रस्तावित भयो र केन्द्रीय समितिबाट अनुमोदन भयो ।

रास्वपाको महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी कार्यरत छन् । रास्वपामा दुई महामन्त्री बनाउने भनिएकोमा दोस्रो महामन्त्रीमा शाहलाई ल्याइएको हो । बुर्लाकोटीलाई रास्वपा संसदीय दलमा मुख्य सचेतकको जिम्मेवारी दिइएको छ । रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहसँगै भूपदेव शाह रास्वपामा प्रवेश गरेका थिए । उनले यसअघि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनलाई सहमहामन्त्री बनाउने र सुनिल लम्साललाई महामन्त्रीको जिम्मेवारी दिने समझदारी बनेको थियो ।

लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि शाहलाई महामन्त्री बनाइएको हो । प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम २ बाट उम्मेदवार थिए । उनी त्यहाँ पराजित भएका थिए । वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि भूपदेवलाई सचिवालयमा लैजाने तयारी भएपनि उनलाई पार्टीमा क्रियाशील बनाउने योजनासहित महामन्त्रीमा पठाइएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x