सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

नेपाल र युएईबीचको दोस्रो टी–२० खेल आज

काठमाडौं । नेपाल र युएईबीचको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदैछ । खेल कीर्तिपुरको टियु क्रिकेट रङ्गशालामा बेलुका ५ बजेदेखि शुरु हुनेछ ।

हिजो भएको पहिलो खेलमा युएई ६ विकेटले विजयी भयो । खेल वर्षाले प्रभावित भएको थियो । पहिलो खेल जीतेको युएईसँग शृङ्खला बराबरी गर्न नेपाललाई आज जित्नैपर्ने दबाब छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र युएईबीच अहिलेसम्म १२ खेल भएकोमा दुवैले समान ६र६ खेल जितेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि टी–२० शृङ्खलाका लागि दीपेन्द्रसिंह ऐरी र लिग–टु शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । नेपाल, युएई र ओमान सम्मिलित लिग–टु वैशाख १२ देखि २२ गतेसम्म हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x