बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026

गृहमन्त्री सुधन गुरुङद्वारा पदबाट राजीनामा, निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

गृहमन्त्री गुरुङले बुधबार फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागु हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,“ भन्नेलेखेका छन् ।
गुरुङले आफूले पदभन्दा ठूलो नैतिकता मान्ने पनि उल्लेख गरेका छन् । साथै जनविश्वास भन्दा ठूलो शक्ति नहुने पनि उनको भनाइ छ ।

“आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ,“ उनले लेखेका छन्, “सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ।“आफूले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उनले उल्लेख गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x