१ कार्तिक २०८३, शनिबार

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

0
Shares


काठमाडौं।प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् ।

तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।