सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

काठमाडौंसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम तराईका कतिपय भूभागमा भने वर्षाको सम्भावना कम रहेको जनाइएको छ ।

आज दिनभरिको लागि विशेष गरी कोसी, वाग्मती, गण्डकी प्रदेशका केही स्थानहरूमै वर्षा हुने पूर्वानुमान छ । काठमाडौंमा हाल परिरहेको पानी केही समयमा रोकिएपनि दिउँसो फेरि पर्ने सम्भावना रहेको जनाइएको छ । यस दिन लुम्बिनी प्रदेशको पूर्वी तराई भूभागमा वर्षाको सम्भावना छ । तर, लुम्बिनीको पश्चिमी तराईमा पानी पर्ने सम्भावना कम छ ।

देशका धेरै स्थानमा दिनभरिजसो बादल लाग्ने भए पनि लगातार पानी नपर्ने मौसमविद्को भनाइ छ । देशमा हाल पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ ।यी तीन प्रणालीको संयुक्त प्रभावले पानी परेको हो । आजको तुलनामा भोलिमौसममा ‘सुधार’ हुने सम्भावना रहेको विभागले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x