सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं । पहिलो संस्करणको आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

खेल रुवान्डामा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरु हुन लागेको हो । नेपाल पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा इटालीलाई र तेस्रो खेलमा घरेलु टोली रुवान्डालाई हराएको थियो । चौथो खेलमा नेपाल भानुआतुसँग पराजित भयो ।

आईसीसीले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई पटक खेल्नेछन् ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x