मौसम : भोलि र पर्सि कोशी र गण्डकीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना
काठमाडौं । भोलि र पर्सि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा मौसम अझ बढी सक्रिय रहने सम्भावना छ ।
कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका केही उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
तराईका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा हल्का वर्षा समेत सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका ठाउँमा आज पनि तातो दिन हुने महाशाखाले जनाएको छ । पानी परेपछि भोलि पश्चिम तराईमा पनि गर्मी कम हुने अनुमान छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
वर्षासँगै चट्याङ्गको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE