आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

कीर्तिपुर क्रिकेट मैदानको भाडा सम्झौता छिटै हुन्छ : मन्त्री पोखरेल

काठमाडौं । त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुनस् भाडा सम्झौता हुने सरकारले स्पष्ट पारेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री सस्मित पोखरेलले आजमात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल भएको र भाडा सम्झौता छिटै हुने बताएका हुन् ।‘आज बिहान त्रिवि उपकुलपतिसहितको बैठक थियो । सकारात्मक कुरा भएको छ ।

खाली गराउने हैन । भाडा सम्झौता रिन्यू गर्ने हो ।राज्यका यत्रो लगानी भएको छ,’ उनले भने, ‘राज्यकै संरचना हो । लिज पुनस् एग्रिमेन्ट चाहिँ गराउनुपर्नेछ ।’
सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो ।त्यही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ ९क्यान०लाई समेत पत्राचार गरेको छ । त्रिवि र क्यानबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x