बस्ती भत्काएको चार दिनपछि सरकारले निकाल्यो सुकुम्वासी विद्यार्थीलाई सहयोग गर्ने सूचना
काठमाडौं। कक्षा १२ को वार्षिक परीक्षा सुरू भएको दुई दिनपछि सरकारले अव्यवस्थित बस्ती हटाइएका कारण प्रभावित विद्यार्थीहरूका लागि सहयोग उपलब्ध गराउने सूचना जारी गरेको छ।
यस वर्षको कक्षा १२ को परीक्षा सोमबारदेखि देशभर सुरू भइसकेको छ। यस्तोमा सुकुम्वासी बस्तीका विद्यार्थीलाई सहयोग गर्ने भन्दै सरककारले सूचना निकालेको हो ।
गत शनिबारदेखि नै सुकुम्वासी बस्तीमा डोजर चलाइँदा कक्षा १२ को परीक्षा दिन तयार सयौँ विद्यार्थीको विचल्ली भएको थियो । तर सरकारले बस्तीमा डोजर चलाएर ढालेको चार दिनपछि विद्यार्थीका लागि सहयोगको सूचना निकालेको हो ।यसैबीच राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १२०, सानोठिमी, भक्तपुरले मंगलबार एक सूचना जारी गर्दै बस्ती हटाइएका कारण विस्थापित भई परीक्षा दिइरहेका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने जनाएको हो।
जारी सूचनामा अव्यवस्थित बस्ती खाली गराइएका स्थानबाट विस्थापित विद्यार्थीहरूलाई सहयोग, समन्वय तथा सहजीकरण गर्न विशेष फाराम तयार गरिएको उल्लेख छ।विषम परिस्थितिका कारण विद्यार्थीमा उत्पन्न हुन सक्ने शैक्षिक तथा मनोवैज्ञानिक चुनौतीलाई ध्यानमा राख्दै सम्बन्धित निकाय तथा सहयोगी संस्थासँग समन्वय गरी सहयोग उपलब्ध गराइने जनाइएको छ।
यस वर्षको परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० गरी कुल चार लाख १८ हजार आठ परीक्षार्थी सहभागी छन्।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE