आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

बालेनको भारत भ्रमणबारे तयारी तीव्र, परराष्ट्रमन्त्री खनालको भ्रमणपछि मिति टुङ्गो लाग्ने

काठमाडौं। काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाहको भारत भ्रमणको तयारी तीव्र हुँदै गएको छ । नेपाल र भारतले आ–आफ्नोतर्फबाट भ्रमणको तयारी अघि बढाएका छन् ।

भारतका विदेश सचिव विक्रम मिस्री वैशाख २८ गते नेपाल आउँदैछन् । उनी प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिन नेपाल आउन लागेका हुन् । दुई दिनसम्म नेपालमा रहने उनले प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणापत्र हस्तान्तरण गर्ने बताइएको छ ।

यद्यपि यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाइँ दिँदै भारत भ्रमणका आमन्त्रण गरिसकेका थिए । मोदीको सो आग्रहलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेको परराष्ट्रमन्त्री शिशिर खनालले सार्वजनिक गरिसकेका छन् । मन्त्री खनाल मोरिसस गएको बेला भारतका विदेशमन्त्री एस।जयशंकरसँगको भेटपछि खनालले प्रधानमन्त्री बालेन भारत भ्रमणमा जाने बताएका थिए ।

त्यसपछि भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माले पनि प्रधानमन्त्री बालेन भारत भ्रमणमा आउने बताएका थिए । औपचारिक प्रक्रियाका लागि भारतीय विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी प्रधानमन्त्री बालेनलाई औपचारिक निम्तो दिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेनलाई भेटेरै निम्तो दिन्छन् या परराष्ट्र मन्त्रालयमार्फत दिनेछन् भन्ने अझै टुङ्गो लागेको छैन । मिस्रीले नेपाल भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्रमन्त्री खनाल, अर्थमन्त्री स्वर्णिम वाग्लेलगायत अन्य केही मन्त्रीलाई भेट्ने कार्यक्रम छ । उनको दुई दिनको भ्रमण कार्यतालिकाबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी गरिरहेको जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x