सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

शेखरले बोलाएको छलफलको समीक्षा- विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले बोलाएको बैठकमा धेरैजसो नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको बताएका छन् ।

नेता कोइरालाले पार्टी र देशका राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा बनाउनका लागि राय लिन बिहीबार बालुवाटारको ओपेरा होटलमा बागमती प्रदेश स्तरीय छलफल बोलाएका थिए ।उक्त छलफलमा बोल्नेहरूमध्ये अधिकांशले पार्टीभित्र विवादको स्थिति रहेको र एकता कायम हुन नसकेकामा चिन्ता व्यक्त गरेका थिए । पार्टीभित्र सिर्जित पछिल्लो विवादको कारण विशेष महाधिवेशन नै रहेकामा धेरैजसो नेता एकमत सुनिएको छलफलमा सहभागी एक नेताले बताए ।‘विशेष महाधिवेशनकै कारण पार्टीभित्र एकता कामय हुन नसकेको विषयमा छलफलमा बोल्ने सबैजसो नेताको सहमत नै सुनिनुभएको छ,’ कोइरालानिकट स्रोतले भन्यो ।यस्तै अहिलेको अवस्थामा पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापति गगन थापाको रहेको पनि नेताहरूले समीक्षा गरेका छन् ।

छलफलमा बोल्ने नेताहरूले केन्द्रीय कार्यसमितिले आह्वान गरेको क्रियाशील सदस्यता अद्यावधिकको विषयमा पनि प्रश्न उठाएका छन् । नेताहरूले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरढा भइसकेको अवस्थामा पुनस् अद्यावधिक गर्ने कुरा असल नियतका साथ नआएको भन्दै प्रश्न उठाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x