सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशिल रहेको बताएका छन् ।मन्त्री वाग्लेले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने गरेको बताए ।

उनकाअनुसार ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको अपवित्र सम्बन्ध अन्त्य गर्नेगरी सरकार अघि बढिरहेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले वर्तमान सरकारले नयाँ शुरुवातको संकेत दिन खोजिरहेको उनको भनाइ छ । अर्थमन्त्री वाग्लेले विगतमा गल्तीहरू भएका भए ती गल्तीहरूलाई प्रश्रय नदिन निजी क्षेत्रलाई आह्वान समेत गर्नुभयो । उहाँले अपराधीहरूको बचाउने प्रयास नगर्न चेतावनी दिए ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका केही आवाजहरूले सरकार कठोर बन्न खोजेको हो कि भन्ने आशंका गरेपनि त्यस्तो नरहेको बताए । रास्वपा पार्टी सभापति रवि लामिछानेको भनाइ यो वर्ष खिल निकाल्ने वर्षलाई स्मरण गर्दै वाग्लले यो प्रक्रिया केहीका लागि पीडादायी हुन सक्ने बताए । नेपालमा ऐन कानूनले गर्दा धेरै दुख पाएको व्यवसायीले बताएको सुनाउँदै उनले त्यस्ता ऐन कानूनहरु सुधारको बाटोमा सरकार अघि बढेको उनको भनाइ छ ।।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x