निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश
काठमाडौं। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले निजी क्षेत्रका व्यवसायीलाई धरपकड गर्न थालेपछि त्रासको वातावरण छ ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छासहितका व्यवसायीलाई पक्राउ गरेर हिरासतमै राखेपछि व्यवसायीले असुरक्षा महसुस गरिरहेका छन् ।वालेन्द्रले विभिन्न प्रकरणमा जोडिएका व्यवसायीमाथि धरपकड बढाइरहेका बेला आइतरबा रास्वपा सभापति रवि लामिछानेले फकाउने प्रयास गरेका छन् ।उनले निजी क्षेत्रसँगको छलफलमा सरकारसँग नडारउन भन्दै फकाउने प्रयास गरे ।अर्थतन्त्र, उद्योग–व्यवसाय र नीतिगत सुधारसम्बन्धी धारणा राख्ने क्रममा उनले व्यवसायीलाई आश्वस्त पारेका हुन् ।
रविले सुशासन र आर्थिक सुधारलाई केन्द्रमा राखेर सरकार अघि बढ्ने पनि बताएका छन् । उनले व्यवसायीका कुरा सुनेपछि उनीहरूलाई नडराउन भन्दै फकाउने कोसिस गरेका हुन् ।लामिछानेले सुशासन र आर्थिक वृद्धिका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा निजी क्षेत्रसँग निरन्तर संवाद गर्दै जाने पनि बचन दिएका छन् ।
निजी क्षेत्रलाई रविका १० सन्देश
व्यवसायीलाई आश्वासन स् सरकारले केही व्यवसायीमाथि धरपकड गरे पनि निजी क्षेत्र डराउनु हुँदैन । उद्योगी–व्यवसायी डराउनुपर्ने अवस्था छैन, सरकार उनीहरूलाई दुःख दिन चाहँदैन।
अर्थतन्त्र सुधारको रोडम्याप वास्तविक अर्थतन्त्र विकासका लागि रास्वपाले स्पष्ट योजना बनाएको दाबी।
उत्पादनमुखी अर्थतन्त्रमा जोड आयातमुखीभन्दा उत्पादनमुखी अर्थतन्त्रतर्फ देशलाई लैजानुपर्ने आवश्यकता औंल्याए।
एकाधिकारविरुद्ध कडा कदम केही समूहले अर्थतन्त्र नियन्त्रण गर्ने प्रयास गरेकाले सरकारले कडा रूपमा हस्तक्षेप गर्ने।
कर सुधारमा सकारात्मकता उच्च आयकर दर घटाउने विषयमा सरकार सकारात्मक रहेको संकेत।
निजी क्षेत्रको भूमिका महत्वपूर्ण रोजगारी सिर्जनामा निजी क्षेत्रको प्रमुख योगदान रहेको स्वीकार।
आईपीओमा कडाइ घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न नदिने स्पष्ट नीति।
नीतिगत सुधार र सहजीकरण लाइसेन्स प्रक्रिया छिटो बनाउने, एमआरपी लगायत समस्या बजेटमार्फत सम्बोधन गर्ने तयारी।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE